Local Government Project Management Committee Meeting held for SaMi.

नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौ​​​​​​​ता अन्तर्ग​​​​​​​त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा स्थानीय सरकारहरुद्धारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) को लागि स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ  । रोल्पा जिल्लामा चारवटा स्थानीय सरकारहरु  रोल्पा नगरपालिका, सुनिल स्मृति गाँउपालिका, रुन्टीगढी गाँउपालिका र परिवर्तन गाउँपालिका सँगको साझेदारीमा विकास सरोकार समाज (डिकोस) रोल्पाले परियोजनाको सहजिकरण गरिरहेको छ । र यस आ.ब.मा त्रिवेणी गाउँपालिकामा आन्तरीकीकरण भएको छ ।

परियोजना व्यवसथापन समितको नियमित बैठक २०७८ असोज ९ गतेका दिन रोल्पा नगरपालिकाका प्रमुख पुरण के‍सीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोता, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डागी , रोल्पा नगरपालिकाका र रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु,  बैदेशीकराेजगार बाेर्डका कार्यक्रम अधिकृत बिष्णु अर्याल र अन्य पालिकाका प्रतीनिधीहरु लगाएत संसथाकाे अध्यक्ष र कर्मचारीहरुको उपसथीती रहेकाे थियो । बैठकमा हाल सम्मको प्रगती समिक्षाा तथा यस बर्षगरिने कार्यक्रमकाे  छलफल संगै सुरक्षित आप्रवासन सम्बन्धी कार्यबिधि पार्श्वचित्र लगाएत पिरयाेजनाकाे प्रभावकारीकाे लागि सरोकारवाला निकायको भुमीकाकाे बारेमा छलफल भयो ।