विकास सरोकार समाज (डिकोस) नेपालको
आसय पत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७९।११।१५
विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको गैरसरकारी संस्था हो जसले विगत १८ वर्षदेखि मुख्य कार्यालय लिबाङ रोल्पा बाट तथा अन्य जिल्लाको शाखा कार्यालय बाट सामाजिक तथा आर्थीक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ । यसै सन्दर्भमा Livelihoods Venture को आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपालको साझेदारीमा विकास सरोकार समाज (डिकोस) रोल्पाले लुम्बीनी प्रदेशका रोल्पा,रुकुम पूर्ब, प्यूठान, गुल्मि, पाल्पा र अर्घाखाँची जिल्लाका स्थानीय तहहरुमा उन्नत चुलोको वजारीकरण परियोजना संचालन भैरहेको छ । यस परियोजना कार्वान्वयनको लागि आधुनिक वायुपङ्खी चुलो (Model- HUSK-PBM/HPN-01FD) रुकुम पूर्वी जिल्लामा आपुर्ती गर्नु पर्ने भएकोले तपशिल वमोजिमका योग्यता पुगेका ईच्छुक र योग्य वितरकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र मितिः२०७९/११/२१ गते कार्यालय समय भित्र आसय पत्र पेश गर्नको लागी यो सूचना आह्वान गरिन्छ । विस्तृत कार्य विवरण संस्थाको कार्यालय तथा वेवसाइटमा उपलब्ध छ ।
पेश गर्नु पर्ने कागजातहरुः
- फम दर्ता प्रमाणपत्र नविकरण तथा करचुक्त्ता प्रमाण पत्र
- आसयपत्र पेश गरेको पत्र
मुख्य कार्यालयः रोल्पा नगरपालिका–४, लिबाङ रोल्पा
कलस्टर कार्यालयः घोराही उप महानगरपालिका–१५, भरतपुर दाङ
सम्पर्क नः ०८६४४०१४८,९८५७८२२१४८
इमेलः decos.rolpa@gmail.com,Website: www.decos.org.np