विकास सरोकार समाज (डिकोस) को शिलबन्दी दरभाउ पत्र आव्हान सम्बन्धी सूचना! |
प्रकाशित मितिः २०८०।११।०४
विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको गैरसरकारी संस्था हो जसले विगत १९ वर्षदेखि मुख्य कार्यालय लिबाङ, रोल्पा बाट तथा अन्य जिल्ला कार्यालयहरु बाट सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ ।
यसै सन्दर्भमा, यूके एडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपालको साझेदारीमा संस्थाले लुम्बीनी प्रदेशको रोल्पा, दाङ र रुकुम पूर्वी जिल्लाको आठ वटा स्थानीय तहहरुमा संचालन गरीरहेको सम्मुनति परियोजनाको लागि तपशिल वमोजिमका सामाग्रीहरु आवश्यक परेकोहुदा योग्यता पुगेका ईच्छुक आपुर्तीकर्ताहरु बाट यो सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्रको कार्यालय समयमा पालिका अनुसारको शिलबन्दी बोल पत्र पेश गर्नको लागी यो सूचना आह्वान गरिन्छ ।
तपशिलः
१. तरकारी विउविजन सहयोग
२. साना सिचाइको लागि पाइप पलाष्टीक ड्रम सिमेन्ट आदी
बोल पत्र पेश गर्ने स्थान : क्लस्टर कार्यालय, घोराही उप महानगरपालिका–१५, भरतपुर, दाङ
अन्तिम मिति : २०८०/११/१० गते
बोल पत्र खोल्ने मिति र स्थान: २०८०/११/११ गते, दिउसो १२ वजे, क्लस्टर कार्यालय घोराही, दाङ
पेश गर्नु पर्ने कागजात तथा शर्तहरुः
- माथी उल्लेखित सामानहरुको कवोल गरेको मुल्यसूची
- फम दर्ता प्रमाणपत्र नविकरण सहित र करचुक्त्ता प्रमाण पत्र ।
नोटः माथी उल्लेखीत सामाग्रीहरु इच्छाएको पालिका अनुसार पेश गर्नसूचीत गरीन्छ । रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरुलाइ स्वीकार गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
खरिद समितिः
विकास सरोकार समाज (डिकोस)