प्रथम पटक प्रकाशित मितिः २०८१।०४।०६
विकास सरोकार समाज (डिकोस) नेपाल २०६१ सालमा स्थापना भै आर्थिक सामाजिक पछौटेपन र दुर्गम ग्रामीण क्षेत्रहरुमा प्रभावकारी सामाजिक सेवा गदै आएको एक गैर सरकारी संस्था (NGO) हो । संस्थाले विभिन्न दातृनिकायहरुको सहयोगमा लुम्बीनी प्रदेशके सबै जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरी सामुदायीक विकासमा योगदान गर्दै आएको छ ।
यस संस्थालाई यूके एडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपाल संगको साझेदारीमा रोल्पा, दाङ र रुकुम पूर्वी जिल्लाको आठ वटा स्थानीय तहहरुमा संचालीत सम्मुनती परीयोजनाको लागि दाङ कलस्टर र थबाङ कलस्टरमा केही हिउदे तरकारीका विउहरुको माग आएकोले इच्छुक एग्रोभेट तथा आपूर्तीकर्ता वा कम्पनीहरुबाट सातदिन भित्र संस्थाले उपलब्ध गरएको दरभाउपत्र अनुसार रित पूर्वक शिलबन्दी दरभाउ पत्र पेशगर्नको लागि यो सूचना प्रकाशन गरिएको छ ।
क्र स | सामाग्री तथा सेवाको विवरण | बोल पत्र पेश गर्ने अन्तिम मिति | बोल पत्र खोल्ने मिति र समय | कैफियत |
०१ | हिउदे तरकारीका विउहरु (संस्थाले उपलब्ध गरएको विवरण तथा दरभाउपत्र अनुसार) | २०८१।०४।१२ गते | २०८१।०४।१३ गते दिउसो १ बजे |
पेश गर्नुपने कागजातहरु तथा शर्तहरुः
- फम दर्ता तथा नविकरणको प्रतिलिपि, प्यान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
- कर चुक्ता प्रमाण पत्र
- दरभाउ पत्रको विस्तृत फारम संस्थामा निशुल्क उपलब्ध गराइने छ ।
नोटः दरभाउपत्र कार्यालयमा आइ वा इमेलबाट समेत उपलब्ध गराइने छ, जसको लागि इच्छुक फमहरुले decosnepal@gmail.com मा इमेल गर्न सक्नुहुने छ । रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरुलाइ स्वीकार गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
खरिद समिति
डिकोस, नेपाल