स्टेशनरीका सामाग्री,  होटल सेवा, कम्प्युटर तथा इलेक्ट्रोनिक्स सामाग्री खरिद तथा मर्मत,एग्रोभेटका सामग्रीहरु, तरकारी राख्ने क्यारेट तथा संस्थाको अडिट कार्यको लागि आशय पत्र पेश सम्बन्धी सूचना!

विकास सरोकार समाज (डिकोस) नेपालको

कोटेशन तथा शिलबन्दी दरभाउ पत्र आव्हान सम्बन्धी सूचना!

प्रथम पटक  प्रकाशित मितिः २०८१।०४।२२

विकास सरोकार समाज (डिकोस) नेपाल २०६१ सालमा रोल्पा जिल्लामा स्थापना भै आर्थिक सामाजिक पछौटेपन र दुर्गम ग्रामीण क्षेत्रहरुमा प्रभावकारी सामाजिक सेवा गदै आएको एक गैर सरकारी संस्था (NGO) हो । संस्थाले विभिन्न दातृनिकायहरुको सहयोगमा लुम्बीनी प्रदेशके सबै जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरी सामुदायीक विकासमा योगदान गर्दै आएको छ ।

यसै सन्दर्भमा, संस्थालाई चालु आ. ब. २०८१।०८२ मा रोल्पा तथा दाङ कार्यालय प्रयोजन र यूके एडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपाल संगको साझेदारीमा संचालीत सम्मुनती परीयोजनाको लागि आवस्यक पर्ने तपशिल वमोजिमका सामाग्री तथा सेवाहरु खरिद गर्नु पर्ने भएकाले इच्छुक र योग्य आपूर्तीकर्ता वा कम्पनी, सप्लायर्स, र फमहरुले रित पूर्वक तोकीएको विवरण अनुसार कोटेशन र शिलबन्दी दरभाउ पत्र पेशगर्नको लागि यो सूचना प्रकाशन गरिएको छ ।

क्र ससामाग्री तथा सेवाको विवरणपेश गर्ने अन्तिम मितिबोल पत्र खोल्ने मिति र समयकैफियत
०१स्टेशनरीका सामाग्री      २०८१।०४।२८ गते    २०८१।०४।२९ गते  दिउसो १२ बजेकोटेशन
०२होटल सेवा
०३कम्प्युटर तथा इलेक्ट्रोनिक्स सामाग्री खरिद तथा मर्मत
०४संस्थाको अडिट कार्यको लागि आशय पत्र पेश  (आ ब २०८०।०८१)  २०८१।०४।२८ गतेसंस्थाले तयार पारेको अडिट कार्यको ToR अनुसार मुल्याङकन गरिनेआशयपत्र
०५एग्रोभेटका सामग्रीहरु२०८१।०५।०४ गते  २०८१।०५।०५गते  दिउसो १ बजेसिलबन्दी कोटेशन 
०६तरकारी राख्ने क्यारेट

पेश गर्नुपने कागजातहरु तथा शर्तहरुः

  • फम दर्ता तथा नविकरणको प्रतिलिपि, प्यान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्र 
  • कोटेशन र सिलबन्दी कोटेशनपत्रको खाममा फमको नाम, ठेगाना, कोटेशनको विवरण र सम्पर्क नं स्पष्ट संग खुलाइ पेश गर्नुपर्ने छ ।
  • दरभाउ पत्रको विस्तृत फारम संस्थामा निशुल्क उपलब्ध गराइने छ ।

नोटः थप जानकारीको लागि संस्थाको मुख्य कार्यालय लिबाङ र कलस्टर कार्यालय दाङ घोराहीमा सम्पर्क गर्नुहुन तथा संस्थाको Web site: https://decos.org.np/category/publication/ मा  हेर्नुहुन अनुरोध छ । रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरुलाइ स्वीकार गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ ।

खरिद समिति

डिकोस, नेपाल

मुख्य कार्यालयः रोल्पा नगरपालिका-४, लिबाङ रोल्पा

क्लष्टर  कार्यालयः घोराही उप महानगरपालिका१५, भरतपुर, दाङ

सम्पर्क नं ९८५७८२२१४८, ९८५७८२४१३०

Location: https://goo.gl/maps/FzgUWvpCYUMpgci19

1 thought on “स्टेशनरीका सामाग्री,  होटल सेवा, कम्प्युटर तथा इलेक्ट्रोनिक्स सामाग्री खरिद तथा मर्मत,एग्रोभेटका सामग्रीहरु, तरकारी राख्ने क्यारेट तथा संस्थाको अडिट कार्यको लागि आशय पत्र पेश सम्बन्धी सूचना!

  • It’s really a cool and helpful piece of info. I’m glad that you shared this helpful info
    with us. Please stay us up to date like this. Thanks for sharing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *