Skip to content

साधारण सदस्यता आवेदन खुला सम्बन्धी सूचना

प्रकाशित मिति: २०८३/०३/०२
चलानी नं: १४२

विकास सरोकार समाज (डिकोस) २०६१ सालमा रोल्पा जिल्लामा स्थापना भई हाल लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सामाजिक, आर्थिक, वातावरणीय तथा मानवीय विकासका क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको गैरसरकारी संस्था हो । संस्थाको सञ्जाल विस्तार गर्दै संस्थागत सुशासन, समावेशिता तथा उद्देश्य प्राप्तिलाई थप प्रभावकारी बनाउन इच्छुक नेपाली नागरिकहरूबाट साधारण सदस्यताका लागि आवेदन आह्वान गरिन्छ ।

१. सदस्यताका लागि आवश्यक योग्यता

  १६ वर्ष उमेर पूरा गरेका साक्षर नेपाली नागरिक।

  संस्थाको उद्देश्य, मूल्य–मान्यता तथा सामाजिक सेवाप्रति प्रतिबद्ध व्यक्ति।

  मगज नबिग्रेको तथा दामासाहीमा नपरेको व्यक्ति।

  कुनै प्रकारको चोरी, ठगी, किर्ते, जालसाँजी, भ्रष्टाचार वा आफ्नो जिम्मामा रहेको धनमालको दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसूरदार ठहर भई सजाय नपाएको व्यक्ति।

  कुनै संघ–संस्था वा सरकारी सम्पत्ति हिनामिना गरी निष्कासित नभएको व्यक्ति।

  मानवअधिकार उल्लङ्घन सम्बन्धी गतिविधिमा संलग्न नभएको व्यक्ति।

२. समावेशी सहभागितासम्बन्धी व्यवस्था

संस्थाले समावेशी तथा समान अवसरको सिद्धान्त अवलम्बन गरेको हुँदा विषय विज्ञ, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका योग्य व्यक्तिहरूलाई सदस्यताका लागि आवेदन दिन विशेष प्रोत्साहन गरिनेछ ।

३. आवेदन दिने प्रक्रिया:

योग्यता पुगेका इच्छुक महानुभावहरूले संस्थाको कार्यालयबाट आधिकारिक आवेदन फाराम प्राप्त गरी आवश्यक कागजातहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र संस्थाको कार्यालयमा वा यस https://forms.gle/A5GYNCGkkCLWWhQbA गुगल लिंकमार्फत आवेदन दर्ता गराउनुपर्नेछ ।

विशेष द्रष्टव्य: आवेदकको अन्तिम निर्णय गर्ने पूर्ण अधिकार यस संस्थाको कार्यसमितलाइ हुनेछ।

थप जानकारीका लागि:
सम्पर्क कार्यालय: रोल्पा नगरपालिका ४ लिबाङ रोल्पा

फोन नं: ०८६४४०१४८, इमेल: decosnepal@gmail.com
वेबसाइट: www.decos.org.np